दफा ३९
स्वीकृति नलिई हेरफेर गर्न नहुने
(१) सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ्ग, सीट संख्या, स्वरूप, इन्जीन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न हुँदैन ।
तर यस उपदफाले सवारीमा सामान्य पार्ट–पूर्जा परिवर्तन गर्न कुनै बाधा पु¥याएको मानिने छैन ।
(२) उपदफा (१) बमोजिम हेरफेर गर्नु परी स्वीकृति मागेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी त्यस्तो हेरफेर गर्न उपयुक्त हुने देखेमा हेरफेर गर्ने स्वीकृति दिन सक्नेछ ।
तर सवारी निर्माता कम्पनीले सवारीको बनोट सम्बन्धमा निर्धारण गरेको विस्तृत विवरण (स्पेसिफिकेशन) मा परिवर्तन गर्ने गरी स्वीकृति दिइने छैन ।
(२क) उपदफा (२) बमोजिम हेरफेरको लागि स्वीकृति दिंदा सवारी दर्ता गर्दा लाग्ने दस्तुरको पचास प्रतिशत दस्तुर लिइनेछ ।